Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौं – ओली नेतृत्वको नयाँ सरकारमा कांग्रेस-एमालेबाहेक अन्य दलहरू पनि सहभागी हुने भएका छन् । राप्रपा, जसपा, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत लगायतका दलहरूले पनि सरकारमा जाने संकेत गरेका हुन् ।

साना दल पनि सरकारमा जाने भएपछि कांग्रेस-एमालेमा भएको मन्त्रालयगत भागबण्डामा फेरबदल हुने भएको छ । यसअघि कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको थियो । साना दललाई पनि सरकारमा सहभागी गराउँदा कांग्रेस-एमालेको मन्त्रालय घट्ने भएको हो ।

मन्त्रालय संख्या घट्ने भएपछि शीर्ष नेताहरू आजै भागबन्डा मिलाउने गरी छलफलमा जुटेका छन् । नयाँ सरकारमा अन्य दल पनि सहभागी हुने भएपछि कांग्रेसले ९ र एमालेले ८ मन्त्रालय लिने गरी सहमति बन्न सक्छ । नयाँ सरकारमा सहभागी दलहरूका लागी चार वटा मन्त्रालय छुट्टाइएको नेताहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया