Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १० दिनको म्याद थप गरेको छ। सहकारी ठगी आरोपमा पक्राउ परेका लामिछानेलाई अनुसन्धानका लागि यसअघि थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो। त्यसपछि, सोही मितिबाट लागू हुने गरी अदालतले थप १० दिनको म्याद दिएको हो।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि अनुसन्धान जारी राख्न प्रहरीले २५ दिनको म्याद माग गरे पनि १० दिन मात्र स्वीकृत गरेको छ। लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए र त्यसै राति पोखरा लगिएका थिए। अदालतले पहिले ७ दिन र दोस्रो पटक ६ दिनको म्याद थप गरेको थियो। जुन कात्तिक १५ मा सकिएपछि मंगलवार थप १० दिन म्याद थप गरिएको हो।

 

 

तपाईको प्रतिक्रिया