Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

काठमाडौं – जापानमा बस्दै आएका ‘भ्लगर’ रतन कार्कीलाई प्रहरीले निगरानीमा राखिएको छ । हालै काठमाडौंमा सम्पन्न दक्षिण एशियाली महिला फुटबल प्रतियोगिताको फाइनल खेलको दौरानमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्न उक्साउने अभिव्यक्ति दिएपछि उन प्रहरीको नजरमा परेका हुन् ।

कार्कीले सामाजिक सञ्जालमार्फत ओलीको हत्या गर्न उक्साउँदै विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओली बुधबार दशरथ रंगशालामा आयोजित प्रतियोगिता हेर्न उपस्थित थिए । त्यही समय, कार्कीले फेसबुक लाइभमा कडा भाषामा बोल्दै त्यहाँका दर्शकलाई प्रधानमन्त्रीविरुद्ध कदम उठाउन उक्साएका थिए । उनले भावनात्मक र उत्तेजक शैलीमा ‘आज नै गरौं’ भन्दै कारबाहीको आह्वान गरेका थिए । उनले भावुक तर उत्तेजक अभिव्यक्तिमा भनेका थिए, ‘आटी हालौं, धेरै टाइम छैन ।’

नेपालले बंगलादेशविरुद्धको खेल २-१ हारेको थियो । खेल हारेपछि रंगशालामै प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको थियो । उक्त घटनापछि नेपाल प्रहरीले कार्की र अन्य सम्भावित सम्बन्धित व्यक्तिहरूको खोजी सुरु गरेको हो । स्रोतकाअनुसार जापान प्रहरीले पनि उनीमाथि निगरानी बढाएको छ । कार्कीलाई नियन्त्रणमा लिने वा थप निगरानीमा राख्ने भन्नेबारे नेपाल प्रहरी र जापानस्थित नेपाली दूतावासबीच समन्वय भएको बताइएको छ ।

जापानमा रहेका नेपाली समाजमा पनि कार्कीको यस्तो गतिविधिप्रति चिन्ता व्यक्त भइरहेको छ । प्रहरीका अनुसार, कार्कीको यो गतिविधि गम्भीर कानूनी उल्लंघन हो र यसले राष्ट्रिय सुरक्षामा गम्भीर असर पर्नसक्छ ।

कार्कीले फेसबुक लाइभ यसो भनेका थिए, ‘आज गरौं यत्तिचाहिँ गरिहालौं के १ आज गरिएन भने हामी धेरै पछुताइन्छ । आँटौं साथीहरु आज । तपाईंहरुले गेम हेरिरहनुभएको होला,तर मैले अरू नै केही हेरिरहेको छु । आज हामीले चाहेम भने मार्न सकिन्छ । यत्रो मान्छे छन् एउटा ग्रुप बनाएर घेर्ने हो भने फ्याट्टै मार्न सकिन्छ । मारेपछि मारेको मार्यै हुन्छ । आँटम त आज । आज आँटी हालौं,धेरै टाइम पनि छैन । बूढो गइहाल्छ मतलब उता जान पनि टाइम छैन, उता जान पनि छैन । बुझ्नु न यत्ति चाहिँ गरौं के । आज गरिएन भने पछुताइन्छ साथीहरु ।

 

तपाईको प्रतिक्रिया