Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौं – राजनीतिक परिवर्तनसँगै देशले ४५औँ प्रधानमन्त्री पाउँदैछ । नेपालको संविधानअनुसार प्रधानमन्त्री देशको कार्यकारी प्रमुख हो ।

प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ गठबन्धन बनाएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत पाउन सकेनन् । उनी स्वतः पदमुक्त भए । यद्यपि अर्को सरकार गठन नहुँदासम्म उनी कामचलाउ प्रधानमन्त्री छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतका आधारमा नयाँ सरकार गठन गर्न आह्वान गरेपछि शेरबहादुर देउवाको समर्थनसहित प्रधानमन्त्रीमा केपी शर्मा ओलीको मात्र दाबी पेस भएको छ । त्यसका आधारमा ओली पुनः प्रधानमन्त्री बन्ने देखिन्छ । उनी नेपालका ४५औँ प्रधानमन्त्री बन्नेछन् । भीमसेन थापालाई आधुनिक नेपालका प्रथम प्रधानमन्त्री मानिन्छ ।

सेवा-सुविधा र तलब कति ?
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छ भने सरकारी आवास बालुवाटारमा छ । बालुवाटारमा प्रधानमन्त्रीका परिवार र सहयोगीहरू पनि बस्न पाउँछन् । कार्य सञ्चालन निर्देशिका, २०७७ (आठौँ संस्करण) अनुसार प्रधानमन्त्रीको मासिक पारिश्रमिक ७७ हजार २ सय ८० रुपैयाँ हुन्छ । त्यसमा २ हजार रुपैयाँ महँगी भत्ता थपिन्छ ।

उनलाई सञ्चार सुविधाबापत ५ हजार रुपैयाँ र मासिक मसलन्द तथा अतिथि सत्कारबापत १० हजार रुपैयाँ तोकिएको छ । देशभित्र यात्राका क्रममा प्रधानमन्त्रीको दैनिक भ्रमण भत्ता ३ हजार रुपैयाँ तोकिएको छ । प्रधानमन्त्रीले आफ्नो सचिवालयमा ६५ हजार १ सय ४० रुपैयाँ मासिक पारिश्रमिक दिने गरी एक जना प्रमुख स्वकीय सचिव राख्न पाउँछन् ।

त्यसबाहेक १ स्वकीय सचिव, ३ सहस्वकीय सचिव, ६ उपस्वकीय सचिव र ५ जना स्वकीय अधिकृत नियुक्त गर्न पाउँछन् । अन्य केही अधिकृत, चालक र कार्यालय सहयोगीसहित प्रधानमन्त्रीले आफ्नो सचिवालयमा बढीमा ३४ जना नियुक्त गर्न सक्छन् । प्रधानमन्त्रीलाई मासिक ३०६ लिटर पेट्रोल र वार्षिक ४० लिटर मोबिल सुविधा उपलब्ध हुन्छ ।

गणतन्त्रपछिका प्रधानमन्त्री
नेपाल संघीय गणतन्त्र घोषित भएयता ९ व्यक्ति सरकार प्रमुख बनेका छन् । विसं २०६५ जेठ १५ मा गणतन्त्र स्थापना भएको थियो । त्यस बेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । गणतन्त्र नेपालका ९ सरकार प्रमुखमध्ये उनको र सुशील कोइरालाको निधन भइसक्यो । गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा राजतन्त्र हुँदा पनि प्रधानमन्त्री बनेका थिए । –बीबीसीको सहयोगमा

तपाईको प्रतिक्रिया