काठमाडौं – नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले देश जहिलेपनि प्रयोगशाला भइरहेको भन्दै मुलुकलाई महत्त्वपूर्ण अभ्यासतिर लैजान लागेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद भट्टराईले भने, ‘यो देश जहिले पनि प्रयोगशाला भइरहेको छ। कहिले कसलाई कहिले कसलाई जनता एकदमै थाकेका छन् । डिफेन्सिभ भएका छन् । एउटा डिफेन्सिभ, थाकेका जनताले राष्ट्रको विकास गर्न सक्दैन । जनताको सपना जागृत गराउनु छ ।’
उनले माओवादीले लगानीभन्दा बढी नाफा खोजेको पनि बताए । ‘कतै माओवादीले लगानीभन्दा बढी डिभिडेन्ट खोजेको हो कि ? नाफा खोजेको हो कि?,’ योगेशले भने ।
यसैबीच देशलाई महत्त्वपूर्ण अभ्यासतिर लैजानका लागि यो कदम उठाइएको बताए । ‘अब एउटा दीर्घकालिन र महत्त्वपूर्ण अभ्यासतिर मुलुकलाई लैजाऔँ,’ भट्टराईले भने ।