काठमाडौं – बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किएर एकजना घाइते भएका छन् । आज बिहान बौद्ध पिपलबोटस्थित सडक खण्डमा बसको इन्जिन पड्किएको हो ।
प्र.३-०१-००५ख ९८६६ नम्बरको बसको एक्कासि इन्जिन पड्किँदा बसमा सवार दोलखा घर भई काठमाडौंको माकलबारी बस्ने ५४ वर्षीय दावा लामा घाइते भएका प्रहरीले जनाएको छ । उनको अर्थपेटिक अस्पताल नारायणटारमा उपचार भइरहेको छ । लामाको दाहिने खुट्टामा गहिरो चोट लागेको छ ।
बस हाल बौद्ध ट्राफिकको नियन्त्रणमा रहेको र प्रहरीद्वारा घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।