समाचार सुन्नुहोस :
काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले घटेको हो। महासंघले जनाएअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा पुगेको छ। गत शुक्रबार छापावाल सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, अर्थात् एक लाख ४५ हजार रुपैयाँमा पुगेको थियो।
यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि प्रतितोला ७५ रुपैयाँले घटेर एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।