समाचार सुन्नुहोस :
काठमाडौँ – पृथ्वीराजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ। आँबुखैरेनी–४ मा ड्याम नजिकै पहिरो नियन्त्रणका कामहरू भइरहेकाले बिहान १० बजे देखि दिउँसो १ बजेसम्म सडक बन्द गरिनेछ। जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञवालीका अनुसार हिलसाइडमा चर्किएका ढुङ्गाहरू ट्रिम गर्नुपर्ने भएकाले बाटो बन्द गर्नुपर्ने भएको हो।
यस सडकखण्डमा गुड्ने सवारीसाधनहरूको व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सहजीकरण गरिदिन अनुरोध गरिएको छ।