समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरे। यो भेटघाटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन । राष्ट्रपति सचिवालयका अनुसार, भेटघाटमा अन्य समसामयिक विषयमा पनि छलफल भएको थियो।
प्रधानमन्त्री प्रचण्ड आइतबार नयाँ दिल्ली प्रस्थान गर्दैछन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागिता जनाउने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरी, र उच्चपदस्थ सरकारी अधिकारीहरू पनि समावेश हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।