Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काठमाडौं उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गरेका छन्। प्रधानमन्त्रीले आयोजना गरेको यो छलफल काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा संघीय सरकार र स्थानीय सरकारको भूमिका र जिम्मेवारीबारे केन्द्रित थियो।

यस छलफलमा प्रधानमन्त्री प्रचण्डले मेयर्स फोरमको सिफारिस अनुसार काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय संघीय सरकारले नै गरोस् भन्ने प्रस्तावबारे लगानी बोर्डले आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराए। प्रधानमन्त्री प्रचण्डले भने, “तपाईंहरूको फोरमले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी कामको समन्वय संघीय सरकारले गरोस् भन्ने सिफारिस गरेको छ। सोही अनुसार सरकारले लगानी बोर्डलाई यस सम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशित गरेको छ। लगानी बोर्डको बैठकमा पनि यस विषयमा छलफल भई कार्यान्वयनमा अगाडि बढ्ने निर्णय भएको छ। अब यो काम तीव्र गतिमा अगाडि बढ्नेछ।”

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल लगायत उपत्यकाभित्रका नगरपालिकाका मेयर र उपमेयरहरूको प्रतिनिधित्व रहेको बैठकले समन्वयका साथ फोहोर व्यवस्थापन गर्नेसम्बन्धी छलफल गरेको हो।

तपाईको प्रतिक्रिया