Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ –  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शपथ ग्रहण गरेका छन् । आजै बिहान मुख्यमन्त्री नियुक्त भएका उनले शुक्रबार मध्याह्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । जनमत पार्टीका सांसद सिंह आज बिहान मात्रै मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम सतिश सिंह मुख्यमन्त्री नियुक्त भएका हुन् । सिंहले जनमतका साथै, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

उनीसँगै केही नवनियुक्त मन्त्रीसमेतले शपथ ग्रहण गरेका छन् । माओवादीबाट भरतप्रसाद साह (अर्थ) र युवराज भट्टराई (उद्योग, वाणिज्य तथा पर्यटन) मन्त्री बनेका छन् । एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पुर्वाधार विकास, राजकुमार लेखीलाई शिक्षा तथा संस्कृति, शत्रुध्न प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवाल खेलकुद तथा समाजकल्याण मन्त्री नियुक्त भएका छन् ।

 

तपाईको प्रतिक्रिया