समाचार सुन्नुहोस :
काठमाडौँ – सुनको मूल्यले पुनः दैनिक नयाँ कीर्तिमान कायम गर्न थालेको छ। बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन बिहीबार १८ सय रुपैयाँले बढेर पुरानो कीर्तिमान तोड्दै १ लाख ४४ हजार रुपैयाँ पुगेको थियो। शुक्रबार फेरि १ हजार रुपैयाँको वृद्धिसँगै सुनको कारोबार १ लाख ४५ हजार रुपैयाँमा सम्पन्न भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।
मुख्यतः बजेटमार्फत भन्सार दरमा ५ प्रतिशतले वृद्धि भएपछि नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो। यद्यपि, अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ गतेको उच्च मूल्य रेकर्ड भने तोडिएको छैन। अन्तर्राष्ट्रिय बजारमा जेठ ७ गते प्रतिऔंस २४५० डलर पुगेको सुन शुक्रबार (१०ः४० बजे) २३८५ डलरमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला १८५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १९०० रुपैयाँ पुगेको छ।