Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटघाट भयो। भेटमा मन्त्री चौधरीले १९६० मा स्थापना भएको नेपाल-इजरायल कूटनीतिक सम्बन्धले मित्रता, सद्भाव, समझदारी, र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्धलाई निरन्तरता दिएको बताइन्। उनले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाका लागि पहल गर्न राजदूत गोडरलाई आग्रह गरिन्।

चौधरीले इजरायलको कृषि क्षेत्रमा गरेको प्रगतिलाई प्रशंसा गर्दै नेपालको कृषिको विकासमा सहयोग गर्न अनुरोध गरिन्। उनले नेपाललाई विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि, र सहकारी क्षेत्रमा इजरायलले गरेको सहायताको सराहना गर्दै नेपाल-इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यबाट अझ बलियो हुने विश्वास व्यक्त गरिन्। चौधरीले नेपाली युवाहरूलाई (विशेषगरी महिलाहरूलाई) केयरगिभर सेवा क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराएकोमा इजरायल सरकारलाई धन्यवाद पनि दिइन्।

राजदूत गोडरले विपिन जोशी छिट्टै रिहा हुने विश्वास व्यक्त गर्दै आइतबार जोशीका परिवारलाई भेट्ने कार्यक्रम रहेको जानकारी दिए। नेपालमा समानता, सशक्तीकरण, र निर्णायक तहमा महिलाहरूको पहुँचका विषयमा इजरायलले नेपालबाट सिक्नुपर्ने बताएर अवसरको हिसाबले धेरै नयाँ पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। गोडरले इजरायलमा केयर गिभरमध्ये ७० प्रतिशत महिला भएको र नेपाली श्रमिकको योगदानको प्रशंसा गरे।

 

 

तपाईको प्रतिक्रिया