Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाका ४७३ विद्यालयले छात्रवृत्ति विवरण पेश गरेका छन्। यी विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने १ लाख ४९ हजार ९५० विद्यार्थीमध्ये चालु शैक्षिक सत्रका लागि १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेका छन्। अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४, शिक्षा नियमावली २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५, र काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरपालिकाभित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति वितरण गर्नुपर्ने व्यवस्था छ।

महानगरपालिकाले बारम्बार अनुरोध गर्दा ४७३ विद्यालयले १८ हजार ४२२ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको विवरण उपलब्ध गराएको छ। महानगरपालिकाले छात्रवृत्ति विवरण पेश गर्न बाँकी रहेका विद्यालयलाई तीन दिनभित्र विवरण उपलब्ध गराउन बिहीबार सूचनामार्फत पुनः अनुरोध गरेको छ। यदि यस अवधिमा विवरण पेश नगर्ने विद्यालयहरूलाई शैक्षिक सत्र २०८१ मा बन्द विद्यालयको रूपमा अभिलेखिकरण गरिने चेतावनी महानगरपालिकाले दिएको छ।

साथै, महानगरपालिकाले त्यस्ता विद्यालयहरूमा विद्यार्थी भर्ना नगर्न र भर्ना गरिसकेकालाई अन्यत्र स्थानान्तरण गर्न अभिभावकहरूलाई सूचित गरेको छ। रीतपूर्वक छात्रवृत्ति विवरण उपलब्ध नगराउने विद्यालयहरूलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया