समाचार सुन्नुहोस :
काठमाडौँ – जाजरकोटमा आज बिहान ७:३८ बजे भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प ३.८ म्याग्निच्युडको थियो। भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो।
यसअघि, गत कात्तिकमा जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो मानवीय क्षति भएको थियो।