Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक आज बस्ने भएको छ । यो बैठक सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा दिउँसो २ बजे बस्ने तय भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।

सहकारी ठगी प्रकरणको छानबिनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरेपछि, यही जेठ १५ गते एमालेका सांसद सुर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन गरिएको थियो।

सात सदस्यीय यस समितिमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल, र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्। समितिलाई तीन महिनाको समय सीमा सहित चार बुँदे कार्यादेश दिइएको छ।

तपाईको प्रतिक्रिया