Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राप्रपाका सांसद राजेन्द्र लिङ्देनले बजेटमाथिको छलफलमा अर्थमन्त्री संसद् बैठकमा अनुपस्थित रहेकाले आफ्नो कुरा कसलाई सुनाउने भन्ने प्रश्न सभामुखलाई उठाए। लिङ्देनले, “कसले सुनिदिनुहुन्छ त मेरो कुरा? उहाँलाई धन्यवाद दिन पनि… के हुन्छ यस्तो बेला? मन्त्री त हुनु पर्छ होला कि, उहाँको बदला कसैले सुन्नुपर्‍यो,” भन्दै असन्तोष प्रकट गरे।

यसपछि सभामुखको भूमिकामा रहेकी इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा रहेको र केही बेरमै आउने जानकारी दिँदै लिङ्देनलाई बोल्न आग्रह गरिन्। तर, लिङ्देनले अर्थमन्त्री उपस्थित नभएसम्म नबोल्ने अडान लिए। सभामुखले समय थप्न सकिने बताउँदा पनि लिङ्देनले बोल्न अस्वीकार गरे। यस क्रममा सभामुख र लिङ्देनबीच दोहोरी चल्यो।

त्यसपछि सत्ता पक्षका सांसद दयालबहादुर शाहीले उठेर सभामुखसँग दोहोरी नगर्न लिङ्देनलाई आग्रह गरे। राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय पार्टीका संसदीय दलका नेताले अर्थमन्त्री खोज्दा दोहोरी खेलेको हुन्छ भन्दै प्रतिवाद गरे । अन्ततः सभामुख देवराज घिमिरेले लिङ्देनलाई बस्न आग्रह गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभा एकैसाथ चलिरहेको हुँदा अर्थमन्त्री अर्को बैठकमा जवाफ दिइरहेको बताए। उनले १५ मिनेटका लागि बैठक स्थगित गरे।

तपाईको प्रतिक्रिया