Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पुनः सुरु हुनेछ। बिहान ११ बजे निर्धारित यस बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र खर्चको वार्षिक अनुमान (बजेट) सम्बन्धमा छलफल जारी रहनेछ।

आगामी आर्थिक वर्षका लागि सरकारद्वारा प्रस्तावित १८ खर्ब ६० अर्बको बजेटमाथि छलफल आइतबारबाट सुरु भएको थियो। छलफलको पहिलो दिन विभिन्न दलका सांसदहरुले बजेटमाथि विभिन्न धारणा व्यक्त गरेका थिए।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा ५३ अनुसार ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८०’ पेस गर्ने कार्यसूची पनि समावेश छ।

 

तपाईको प्रतिक्रिया