Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठले आइतबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको यो निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएका हुन्।

गृहमन्त्री लामिछानेले महिला ट्राफिक प्रहरीले महिनावारी भएको चार दिन ड्युटी गर्न नपर्ने व्यवस्था गर्दै ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई स्वयंसेवकको रुपमा खटाएर सवारी व्यवस्थाका लागि आवश्यक जनशक्ति पूर्ति गर्ने योजना अघि सारेका थिए।

 

 

तपाईको प्रतिक्रिया