Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले कोदो लगायत घरेलु मदिराको ब्रान्डिङका लागि कानून बनाउने घोषणा गरेको छ। आर्थिक वर्ष २०८१/८२ को अनुमानित आयव्यय विवरणमार्फत घरेलु रक्सीको उत्पादन, ब्रान्डिङ, बजारीकरण र बिक्री गर्न कानूनी व्यवस्था गरिने घोषणा गरिएको हो।

यसैबीच गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्नेबारे पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बाग्‍लुङमा अध्ययन शुरू गरेको छ। त्यस्तै, तेह्रथुमको छथर गाउँपालिकाले कोदोको लोकल रक्सीको बजारीकरणका लागि कानून निर्माण गरेर ब्रान्डिङ गर्ने तयारी गरेको जनाएको छ। नेकपा (एमाले)का नेताहरू शेरबहादुर तामाङ, उषाकला राई लगायतले केही वर्षदेखि कोदोको रक्सी ब्रान्डिङ गर्नुपर्नेमा जोड दिंदै आएका थिए।

तपाईको प्रतिक्रिया