समाचार सुन्नुहोस :
काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम अपचालनबारे छानबिन गर्न बन्ने संसदीय छानबिन समिति बनाउने सहमति अनुमोदन गरेको छ। बानेश्वरस्थित संसद भवन परिसरमा बसेको कांग्रेस संसदीय दलको आज मंगलबार बसेको बैठकले सोमबार प्रमुख दलहरूबीच भएको सहमतिलाई अनुमोदन गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनका अनुसार अहिले बस्ने कार्यदल बैठकले शीर्ष तहमा भएको सहमति अनुसार कार्यादेशलाई अन्तिम रूप दिनेछ।
लेखकले भने,’हामीले जुन सहमति गरेका छौं, यसमा कसैको नाम नाम वा पद लेखिहाल्नेभन्दा सहकारीको रकम जहाँ-जहाँ गएको छ, कानुनी गैरकानुनी रुपले गएको हेर्ने, त्यसमा संलग्न मानिस जोसुकै होस्, उसका बारेमा छानबिन हुनसक्ने स्थिति बनाएको हुनाले कुनै व्यक्ति विशेषको नाम लेखिराख्न आवश्यक छैन भन्ने निष्कर्षमा हामी पुगेका छौं।’