Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले युवायुवतीले उपभोग गर्दै आएको ई–सिगरेट (भेप) लाई प्रतिबन्ध (निषेध) गर्ने तयारी भएको छ। इलेक्ट्रोनिक चुरोट अर्थात् ई–सिगरेटको प्रयोगलाई भेपिङ भनिन्छ। किशोर–किशोरी एवं युवायुवतीले बढी प्रयोग गर्दै आएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य प्रबर्द्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख डा भक्तबहादुर केसीका अनुसार, ई–सिगरेटको नियमनभन्दा पनि निषेध नै गर्न निर्देशन दिइएको छ।

सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणसम्बन्धी निर्देशिका २०७१ को दफा २८ मा चुरोट, बिँडी, सिगारको खिल्ली फुटकर वा खुला बिक्री गर्न र इलेक्ट्रोनिक सिगरेटको उपभोग गर्न नपाउने व्यवस्था छ। दफा २८ को उपदफा ३ मा कसैले पनि इलेक्टोनिक सिगरेटको उत्पादन, आयात बिक्रीवितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रबर्द्धन र विज्ञापन गर्न नपाउने उल्लेख छ।

यहीँ कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न भन्सार विभाग, उद्योग विभागलगायतका सरोकारवाला निकायलाई कार्यान्वयनका लागि अनुरोधपत्र पठाइसकिएको छ। कानुन कार्यान्वयनका लागि पत्राचार गरिसकेका छौं,’ डा. केसी भन्छन्, ‘कार्यान्वयनको प्रक्रियामा अघि बढिसकेको छ।’

भारतलगायत ३४ मुलुकले ई–सिगरेटको प्रयोगमा निषेध (प्रतिबन्ध) लगाइसकेका छन्। तर, नेपालमा भने पछिल्लो पाँच वर्षयता झन्डै ३६ लाख थान ई–सिगरेट भित्रिएको भन्सार विभागको तथ्यांक छ।

 

तपाईको प्रतिक्रिया