Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २१, २०८१
Friday, December 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्रीलाई जानकारी नै नदिई जापान भ्रमणमा गएपछि विवादमा तानिएका मन्त्री अधिकारीले आज आफ्नो राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री हिम्मत कार्कीले पदीय मर्यादा उल्लङ्घन गरेको भन्दै राजीनामा दिन सुझाव दिएपछि अधिकारीले सो निर्णय गरेका हुन्।

नेपालको कानूनी व्यवस्थाअनुसार, मन्त्रीहरूले विदेश भ्रमणमा जानुअघि मुख्यमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने प्रावधान छ। तर, मन्त्री अधिकारीले कसैलाई जानकारी नदिई कात्तिक १३ गते जापानको कार्यक्रममा सहभागी हुन गएका थिए। भ्रमणको विषय विवादमा आएपछि अधिकारीले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन्।

तपाईको प्रतिक्रिया