Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा आउने क्रम जारी रहँदा हालसम्म ३५ राज्यको नतिजा सार्वजनिक भइसकेको छ। जसमध्ये २२ राज्यमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी भएका छन् भने १३ राज्यमा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले जित हासिल गरेकी छन्।

हालसम्म मतदानमा ठूलो परिवर्तन देखिएको छैन। डेमोक्रेटिक पार्टीको बलियो आधार भएका राज्यहरूमा कमलाले जितेकी छन् भने रिपब्लिकन पार्टीप्रति वफादार राज्यहरूमा ट्रम्पले जित हात पारेका छन्। यद्यपि, ७ स्विङ राज्यको नतिजा आउन बाँकी भएकाले कुनै पनि दलले हालसम्म जीतको दाबी गर्न सकेका छैनन्। यी राज्यहरूमा भोटको अन्तर कम हुने हुँदा जसले पनि जीत हासिल गर्न सक्छ।

अझै केही राज्यमा मतदान जारी छ। जसले गर्दा अन्तिम नतिजा आउन समय लाग्न सक्छ। अमेरिकाका ५० राज्यमा ५३८ इलेक्टोरल भोटका लागि मंगलबार मतदान सुरु भएको थियो। राष्ट्रपति चुनावसँगै संसदीय चुनावमा पनि रिपब्लिकन पार्टीले अग्रता लिएको छ।

यदि कमला ह्यारिस विजयी भएमा उनी अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्नेछिन्। ट्रम्पले जिते भने उनी चार वर्षपछि पुनः ह्वाइट हाउस फर्किनेछन्।

 

 

तपाईको प्रतिक्रिया