समाचार सुन्नुहोस :
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार ललितपुरको धार्मिक तथा सांस्कृतिक सहर पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् । पूर्वराजा शाहले सोमवार अपरान्ह पाटन दरबारको भ्रमण गरेका हुन् । त्यसक्रममा शाहले पाटनको गोल्डेन टेम्पल, बगलामुखी, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायत पूजा गरे । साथसाथै उनले विभिन्न सांस्कृतिक तथा धार्मिक झाँकीको पनि अवलोकन गरे ।
उनलाई सयौँ समर्थक तथा शुभचिन्तकहरुले बाजागाजासहित स्वागत गरेका थिए । नेपालको राष्ट्रिय झन्डा लिएर उपस्थित भएका समर्थक तथा शुभचिन्तकहरुले पूर्वराजा शाहको जयजयकार समेत गरेका थिए ।