समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ । बिहान बसेको कांग्रेसको संसदीय दलको बैठकले विश्वासको मत नदिने निर्णय गर्दै आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो ।
त्यस्तै बैठकले संसदको अवरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले आज संसदबाट विश्वासको मत लिने कार्यसूची छ । कांग्रेसको निर्णयसँगै संसद बैठक प्रभावित हुने देखिएको छ ।