Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक २४, २०८१
Saturday, November 9, 2024

काठमाडौं – प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो ।

तर सत्तापक्ष र प्रमुख प्रतिपक्षसहित प्रतिपक्षी दलहरू बेग्लाबेग्लै छलफलमा व्यस्त रहेपछि दिउँसो २ बजेका लागि बैठक सारिएको थियो । अपराह्न तीन बजेसम्म पनि बैठक बस्न सकेन ।

सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै केही दिनदेखि प्रतिनिधि सभाका बैठक अवरोध गर्दै आएको छ ।

कांग्रेसको शुक्रबार बसेको संसदीय दल बैठकले संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध जारी राख्ने निर्णय गरेको थियो । सभामुख देवराज घिमिरेको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबारको प्रतिनिधि सभा स्थगित भएको छ। अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

यसअघि राष्ट्रिय सभा बैठक पनि स्थगित भएको थियो । कांग्रेस सांसदहरूले सहकारीबारे संसदीय छानबिन समितिको माग राखेपछि बैठक आइतबारका लागि स्थगित भएको थियो ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरूसँग छलफल गर्ने भएका छन् ।  शुक्रबार साँझ ६ बजे प्रधानमन्त्रीले संसदीय समितिलगायत विषयमा कांग्रेससँग छलफल गर्न लागेका हुन् । प्रतिनिधि सभाको बिहीबार साँझको बैठकमा कांग्रेस र एमाले सांसदहरूबीच धकेलाधकेल पनि भएको थियो ।

तपाईको प्रतिक्रिया