समाचार सुन्नुहोस :
काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बयान लिइएको छ । ललितपुरको बालकुमारी घटनाबारे छानबिन गर्न बनेको आयोगले मन्त्री ज्वालाको बयान लिएको हो ।
यसै साता मन्त्री ज्वालाको बयान लिएको आयोगका अध्यक्ष शेखर पौडेलले बताए। “हामीले घटनाका जिम्मेवार सबै पक्षको बयानको काम लगभग सकेका छौँ । मन्त्री प्रकाश ज्वालाको पनि केही दिनअघि बयान लिइसक्यौँ,’ पौडेलले भने ।मन्त्री ज्वालाको बयानसँगै अब आयोगले छानबिनको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
गत पुस १३ गते बालकुमारीमा प्रहरीले गोली चलाएको थियो सोही क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो ।