Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

टोकियो – नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले ‘योमरी पुन्ही नख:’ कार्यक्रम आयोजना गर्ने भएको छ । विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि राष्ट्रिय सम्वत अर्थात् नेपाल संबत ११४४ अनुसार नयाँ वर्षको अवसरमा योमरी पुन्ही नख: कार्यक्रमको आयोजना गर्ने भएको हो ।

जापानवासी नेपालीबीच शुभकामना आदान-प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको फोरमले जनाएको छ । ‘मौलिक पर्व हो नेवा: समुदायले मनाउने योमरी पुन्हीः । यस दिन नेवाःहरुले आफ्नो चेलीबेटी तथा इष्ट मित्रलाई बोलाएर चामलबाट बनाइने विशेष प्रकारको परिकार योमरी खुवाउने गर्दछन्,’ फोरमले भनेको छ, ‘यसैलाई निरन्तरता दिँदै यो वर्ष पनि नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले योमरी पुन्ही नख: कार्यक्रम गर्दैछ ।’

कार्यक्रम डिसेम्बर ३० तारिख शनिबारका दिन गर्ने भएको हो । कार्यक्रम अपराह्न ४ बजेदेखि सुरु हुने बताइएको छ । फोरमले उक्त कार्यक्रममा उपस्थितिका लागि जापानवासी नेपालीहरूमा हार्दिक अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया