Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – सत्तारुढ नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाक्रीले गैरआवासीय नेपाली संघको महाधिवशनमा दिएको अभिव्यक्ति अहिले चर्चाको विषय भइरहेको छ । एनआरएनका कतिपय सदस्यहरूले नागरिकता विधेयकको विरोध गर्दै प्लेनरी सेसनमा सहभागी राजनीतिक नेतृत्वको आलोचना गरेपछि उनले जवाफमा आक्रोशपूर्ण अभिव्यक्ति दिएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एनआरएनको अफिसियल फेसबुक पेजमा राखिएको भिडियो हेर्दा प्यानल डिस्कसनमा सहभागीहरूमध्ये तीन जनाले राखेको धारणाको सार एनआरएनलाई वंशजको नागरिकता दिनुपर्ने माग छ ।

छलफलका क्रममा बेलायतबाट एक प्रतिनिधिले भनेका थिए, ‘नेपालमा राजनीतिक परिवर्तनका लागि भएका हरेक आन्दोलनमा म र मेरो परिवार सहभागी छौं । हामी रहरले विदेशिएका होइनौं । रहरले नागरिकता त्यागेका होइनौं । अहिले नागरिकता भनेर जुन कागजको खोस्टो बाँडिएको छ, त्यसको कुनै औचित्य छैन । नागरिकता दिनु तर राजनीतिक अधिकार नदिनु भनेको मानव अधिकारको विरुद्धमा हो । यसका लागि भोलि कुल आचार्यले फाँसीको हकदार बन्नुपर्ने हुन सक्छ ।’

उनले यो पनि थपे, ‘कि तपाईहरू हट्नुस गैरआवासीय नेपालीलाई बोलाउनुस्, अनि देश बनाउन सुरू हुन्छ ।’ त्यसपछि बोल्ने समय पाएकी नेतृ झाक्रीले भाषणको सुरूमै भनिन्, ‘तपाईंहरू जस्तै चिच्याएर जवाफ दिन त आउँथ्यो मलाई । तर, यहाँ अतिथि भएको हुनाले चिच्याउन मिलेन ।’ तर पनि उनले ठूलो स्वरमै भाषण गरिन् । जुन भाषण अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यस्तो थियो झाँक्रीको अभिव्यक्ति
पहिले हामी नेपाली विदेश जान केके हर्कत गर्‍यौं ? त्यो देशको आईएलआर अथवा ग्रिनकार्ड पाउन के के हर्कत गर्‍यौं, आफ्नो नागरिकता त्यागेर, आफ्नो पासपोर्ट त्यागेर । तपाईंहरुले दुई पैसा कमाउनु भाहोला, स्कील होला र नेपाललाई फर्किएर केही गर्नुहोला भनेर हामीले आन्दोलनपछि, गणतन्त्र पछि संविधान ल्याएर यो व्यवस्था गर्‍यौं । अनि तपाईंहरुले कुललाई फाँसीको कुरा गर्ने, कुल आचार्यलाई ? नलिन चाहनेले गैरआवासीय नागरिकता नलिए पनि हुन्छ । (ताली बज्छ) नलिए हुन्छ नि त सबैलाई लिनुस् भनेको होइन । म डायस्पोरामा हेरेरै बसेको मान्छु हुँ । एउटा नेपालीले त्यहाँको सिटिजन या स्थायी बसोबासका लागि कतिसम्म दुःख, कतिसम्म कष्ट, कतिसम्म काम गरेर बस्नुभाछ । अनि यहाँ आएर ठूला कुरा गर्या सुहाएन के साथी हो ।

तपाईंहरुले भन्नुभयो- म विज्ञ हुँ कानुनको । ‘तपाईं त्यहाँ वकालत गर्नुहुन्छ ? तपाईं त्यहाँको अदालतको प्राक्टिस्नर हो ? नम्बर एक । हो ? तपाईं हो भने ‘ (दर्शकदीर्घाबाट केहीले हल्ला गर्छन्) तपाईं प्राक्टिसनर वकिल हो ? मैले जानेको कुरा यति हो कि तपाईं प्राक्टिसनर हो ?

तपाईं प्राक्टिस्नर हो भनेर जान्न खोजेको । हो भने म यसै गरी ‘ यो विषयमा म पनि लाइसेन्स लिएको अधिवक्ता हुँ । कानुनमा मैले स्नातक गरेकी छु । म लेजिस्जेचर हुँ । मैले यो पार्लियामेन्टमा कानुन बनाउने काम गरें । कानुनलाई कार्यान्वयन गर्ने मन्त्रीको हैसियतले काम पनि गरें । त्यसकारण तपाईंले हामीलाई प्लेनरीमा राखेर जे कुरा गर्नुभयो– तपाईं प्राक्टिस्नर हो भनेर मैले सोधेको हुँ ।

हामीले प्राक्टिक अलि कम काम अलि धेरै गर्‍यौं । मैले अदालतमा कम प्राक्टिस गरें । तर कानुन हामीले पनि पढ्यौं । त्यसकारण हरेक देशको सिटिजनसीप सम्बन्धी कानुन त्यो देशको विशिष्टतामा आधारित हुन्छ । नागरिकता र त्यसको अधिकार भनेको ग्लोबल अधिकार होइन । तपाईंले संयुक्त राष्ट्र संघको बडापत्र हेर्नुभयो भने पनि मानव अधिकार विश्वव्यापी हुन्छ । साथी हो, कान खोलेर सुन्नुस् । त्यहाँ तपाईंहरूलाई रेष्टुरेन्टमा काम गर्दागर्दा फुर्सद नभएर होला ।

मानव अधिकार विश्वव्यापी हुन्छ । सिभिल राइट त्यो देशको टेरिटोरीमा संविधानतः प्रदत्त गरिएको हुन्छ । तपाईंहरूलाई सिटिजनसिपको अधिकार दिइएको होइन । तपाईंहरूलाई गैरआवासीय नेपालीको अधिकार दिइएको हो । यति कुरा थाहा पाइराख्नुस् । यहाँ आएर अहिले ठूलो कुरा नगर्नु ‘. । तपाईंहरूले आफ्नो खुसीले नेपाली नागरिकता त्यागेको हो । अनि अहिले खुसीले त्यागेको कुरा, तपाईंहरूले केही आर्थिक समृद्धिका काम, केही सीपका काम गर्नुहोला भनेर गरेको हो । अनि यो हामीलाई थाहा छैन र ?

बिहान भाले बास्नुभन्दा अगाडि तपाईंले लेखेको स्टाटस नेपालको पोलिटिसिएन, सिस्टमका बारेमा तपाईंहरूले गरेको कमेन्टले तपाईंहरूले अब अर्को पुस्तालाई आतंककारी बनाउँदै हुनुहुन्छ । त्यसकारण यो आतंककारी बनाउने बाटो तर्फ नजानुस् ।
यो सबै थाहा छ, म त अझ प्रवासमा नेकपा एमालेको केन्द्रीय कमिटीको सदस्य हुँदा मैले पाँच वर्ष प्रवासमै काम गरेको हो ।

नेपाली डायस्पोरासँगै काम गरेको हो । त्यसकारण म प्रत्येक नेपाली डायस्पोराको घरघरमा पुगेको छु । त्यसका स्टाटस सबै थाहा छ मलाई । हो त्यसकारण, यस्तो गरेर यहाँ आएर परिस्थिति भड्काउने, अपमान गर्ने कुरा होइन । तपाईंले एउटा विदेशी विश्वविद्यालयको डिग्री ल्याउनुभएको होला । नेपाली कन्टेक्टको डिग्री हामीसँग छ । कानुनमा छ, म्यानेजमेन्टमा छ, ह्युम्यानिटीजमा छ । हाम्रो लेजिस्लेटर सूर्य पाठक जापानको पीएचडी हो । इन्टरनेशनल डिग्री छ । अनि तपाईंले प्लेनरीमा बसेका मान्छेलाई यी ज्ञान नभएका मानिस हुन्, यिनले कानुन त बनाए होलान् ‘ । तपाईंले त्यहाँबाट हामी गेस्टलाई भन्न मिल्छ ?
ट्रिट फर ट्याट हुन्छ मित्र । तपाईंले पढ्नु भएको छ तर बेलायतमा अभ्यास गर्नु भएको छैन । हामी नेपालमा प्राक्टिस गरेका छौं । यो हो कुरा । त्यसकारण यस्ता कुरा गर्नु हुँदैन । र, म कान खोलेर सुन्न भन्छु– तपाईंहरूलाई दिइएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हो । भोटिङ राइटको पोलिटिकल अधिकार होइन र यो हुन सक्दैन । तपाईंहरू खुशीले नागरिकता त्यागेर गएकाहरूलाई आउन इन्भाइट गरेको हो । यहाँ हाम्रो पनि स्वार्थ छ, तपाईंहरूको पनि स्वार्थ छ । ब्रिटिश गोर्खाको सन्दर्भमा फरक कुरा हो ।

त्यसकारण यहाँ भएको कुराप्रति कृतज्ञता छैन, जहिले पनि धमिलो पानीमा माछा मार्ने, नेपाली राजनीतिक प्रणालीका बारेमा विदेशमा बसेर फेसबुकमा लेख्ने, विषबमन गर्ने, नकरात्मक धारणा दिने, यही हो तपाईहरूको काम ?
तपाईं विदेशमा बस्नुहुन्छ भने त्यो देशको स्टान्डर्ड भाषामा त्यो देशको कर प्रणाली, कानुन र आप्रवासनको बारेमा स्टाटस लेख्नुस् । बिहान जुरुक्क उठेर आँखाको चिप्रा नपुस्दै नेपाली राजनीतिका बारेमा किन कमेन्ट गर्नुपर्‍यो ? यहीं चिन्ता गर्ने मान्छे, यसका लागि मरेका, रगत बगाएका, हातखुट्टा भाँचिएका र सञ्जोगले बाँचेका हामी ज्यूँदै छौं । यो देशको चिन्ता हामीले गर्छौं ।
तपाईंहरूले यस्ता कुरा गर्नु सुहाउँदैन । र, डिग्रीको धाक दिनु पनि पर्दैन । नेपालमा नेपाली भाषा चाहिन्छ । नेपालको डिग्री हामी धेरै मानिसले लिएका छौं । त्यसकारण चित्रलेखा दिदीहरू पनि अयोग्य होइन । त्यसैले यस्तो प्लेनरीमा आएर राम्रोसँग सकिएको कुरालाई यो कागजको खोस्टो, नथिङ इल्स (केही पनि होइन), यो कुल आचार्यहरूलाई फाँसी हुन्छ, यही हो सभ्यता ? के सिक्नुभयो ?

विश्वका यस्ता मुलुक घुमेर ग्लोबल सिटिजन भएर के सिकेर आउनुभयो ? बिहान भाले बास्नुभन्दा अगाडि तपाईंले लेखेको स्टाटस नेपालको पोलिटिसिएन, सिस्टमका बारेमा तपाईंहरूले गरेको कमेन्टले तपाईंहरूले अब अर्को पुस्तालाई आतंककारी बनाउँदै हुनुहुन्छ । त्यसकारण यो आतंककारी बनाउने बाटो तर्फ नजानुस् । तपाईंहरूले त्यो देशको बेलायतमा किन १० वर्षबाट २० वर्ष भयो आईएलआर बनाउन ? त्यहाँ गएर भन्न सक्नुहुन्छ ? बेलायतमा तपाईंको स्टाटस जे हो, आज तपाईंको नेपालमा नेपाली नागरिकता त्यागेपछि त्यही स्टाटस हो मित्र ।

नेपालको कानुन कस्तो हुने ? तपाईंको अधिकार होइन, हाम्रो अधिकार हो । नागरिकता त त्यागिसक्नुभएको छ नि तपाईंहरूले । (दर्शकदीर्घाबाट हल्ला र प्रश्न सुरु हुन्छ– तपाईंलाई कानुन थाहा छ ?) तपाईं ब्रिटिश पासपोर्ट बोकेर आउनेले यो भन्न पाउनुहुन्न । नेपाली पासपोर्ट बोक्नुहुन्छ भने हामीसँग चुनाव लड्नुहोस् ।

त्यसकारण तपाईंहरूले जान्नुभएको होला, त्यसकारण तपाईंहरूले नेपाली नागरिकतालाई संविधानप्रदत्त सबै अधिकार छ । नेपाली नागरिकलाई संविधानप्रदत्त सबै अधिकार छ । संविधानले सबै अधिकारलाई संरक्षण गरेको छ । नेपाली बाहेक गैरनेपालीलाई संविधानले संरक्षण गर्ने कुरा मानव अधिकार र आर्थिक अधिकारको हिसाबले मात्रै गर्छ । त्यसकारण तपाईंहरूको एउटा सोल्जर (सिपाही)को माथि दिमाग नउठेको देखेर म छक्क परें । त्यसकारण यो विषयमा बहस गर्नु चाहिं बेकारको कुरा छ ।

तपाईंहरूले कार्यक्रममा आफ्नो तरक्की देखाउनुभएको हो । यो पनि थाहा छ । यस्ता हल्ला, हजार मान्छे डुलाएर आएकै मान्छै हो हामी । दुई जनाले नारा लगाएर के हुन्छ भन्या ? के हुन्छ यहाँ ? त्यसकारण मैले यति कुरा भनें । र अहिले यो नागरिकता विधेयक पास भइसकेपछि यसलाई स्वागत गर्नुको बदला जे गर्नुभएको छ, यो कुरा तपाईंहरूको आपत्तिजनक छ । नलिन चाहनेले लिनुहुन्न । यतिकुरा भनेर सकाउँछु । धन्यवाद ।

तपाईको प्रतिक्रिया