Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं –  पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाइएको छ । आफूमाथिका आरोप खानले अस्वीकार गर्दै आएका छन्। उनलाई एक लाख रुपियाँ पनि जरिवाना गरिएको छ ।

अदालतको फैसला आएको केहीबेर पछि नै लाहोरस्थित निवासबाट पक्राउ गरिएको थियो । पक्राउ पर्नुअघि रिकर्ड गरिएको एउटा भिडियो सन्देश सामाजिक सञ्जाल एक्समा रहेको खानको खाताबाट सार्वजनिक गरिएको त्यसमा उनले आफ्ना समर्थकहरूलाई भनेका छन्, ‘मेरो मात्रै एउटा अपिल छ, चुप लागेर घरमा नबस्नुस् ।’

कुन मुद्दामा निर्णय सुनाइएको हो ?
इस्लामावादस्थित एउटा अदालतले राज्यका उपहारहरू विक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा उनलाई दोषी पाएको हो ।

न्यायाधीशले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएका थिए । खानका वकिल इन्तजार हुसैनले रोएटर्स समाचार संस्थालाई पूर्वप्रधानमन्त्रीलाई उनको लाहौरस्थित घरबाट नियन्त्रणमा लिइएको बताएका छन् । शनिवार अपराह्न १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक सुरु भएको थियो। त्यसमा इमरान खानका वकिल अनुपस्थित रहेका थिए ।

अदालतले उनका वकिललाई १२ बजेसम्म उपस्थित हुन समय दिएको थियो । त्यसपछि अदालतले आफ्नो निर्णय सुनाएको थियो । खानको समूहले उक्त निर्णय विरुद्ध पुनरावेदन गर्ने जनाएको छ । उनको पार्टी तहरिक-इ-इन्साफले फैसलालाई ‘पक्षपातपूर्ण’ भन्दै टिप्पणी गरेको छ र त्यस विरुद्ध सर्वोच्च अदालतमा चुनौती दिने जनाएको छ ।

पाकिस्तान चुनाव आयोगका वकिल अमजद परवेजले यो अदालतको सजायसँगै इमरान खान पाँच वर्षसम्म चुनावमा भाग लिन अयोग्य बन्ने बताएका छन् । अदालतले फैसला सुनाइँदा एउटा भिड, जसमा कतिपय मुद्दा दायर गर्ने पक्षका वकिलहरूले पनि थिए, ले अदालतको भवन बाहिर इमरान खानमाथि चोरीको आरोप लगाउँदै नाराबाजी गरेका थिए ।

गएको मे महिनामा अदालतमा अनुपस्थित भएको आरोपमा उनलाई पक्राउ गरिएको थियो । सो गिरफ्तारीलाई गैर कानुनी घोषणा गरिएपछि उनी रिहा भएका थिए । त्यसयता उनको दलले अधिकारीहरूबाट चरम दबाबको सामना गरिरहेको छ । बीबीसी

तपाईको प्रतिक्रिया