Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाडौँ – काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी त्यसको जानकारी दिएको हो ।

लुटपाट कार्यमा संलग्न रहेको आरोपमा रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री र धनकुटाका राहुल माझीलाई पक्राउ गरिएको जानकारी गराएको हो । पछिल्लो एक महिनायता विशेष गरी मर्निङ वाकमा निस्किने महिलाहरूको घाटीमा लगाइएको सुनको सिक्री लुटिने क्रम बढेको उजुरी आएपछि अनुसन्धानको क्रममा त्यसमा संलग्न उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए ।

उनले भने, ‘बिहानीपख विशेषतः मर्निङ वाकमा निक्लिने महिलाहरूको सुनको सिक्रीहरू लुटिएको भन्ने आधारमा अनुसन्धान सुरु गर्‍यौँ । र, यो अनुसन्धानलाई अगाडि बढायौँ । यसमा ४ जनालाई पक्राउ गरियो । बाइकको प्रयोग गरेर उनीहरूले लुटेका हुन ।’

लुटपाट कार्यमा मोटरसाइकलको प्रयोग गरेको पनि प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । उनीहरूको साथबाट ११ दशमलव २ ग्राम तौलको सुनको ढिक्का, सिक्री लुट्ने क्रममा प्रयोग गरिएका २ वटा मोटरसाइकल, ४७ ग्रामको सुनको नेक्लेस र ६ थान मोबाइल सेट बरामद गरिएको छ । लुटिएका सो सुनको कारोबार गर्ने कार्यमा संलग्नहरूको पनि खोजी भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक केसीले बताए ।

 

तपाईको प्रतिक्रिया