Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाडौँ – एसईईको नतिजा आइसकेको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई २०७९) को नतिजा आज बिहीबार ४ बजे पत्रकार सम्मेलन गरेर नतिजाबारे जानकारी दिएको हो । जसमा सबैभन्दा बढी जीपीए २ देखि २.४ जीपीएसम्म ल्याउनेको संख्या १ लाख २ हजार २९३ जना रहेको छ । जुन कुल परीक्षार्थीको २१.०९ प्रतिशत हो ।

यस्तै, ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत हो । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २.८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।

एसईईमा १.६ देखि २.० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७, १.२० देखि १.६० जीपीए ल्याउने ३८ हजार ७७० र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या २ हजार २०० रहेको छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए ।

कति जीपीए ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?

एसईईपछि विद्यार्थीहरुले आफ्नो जीपीए अनुसारले कक्षा ११ मा भर्ना हुन्छन् । त्यसका लागि सरकारले निश्चित मापदण्ड बनाएको छ ।
जसले कति जीपीए ल्याउनेले कुन विषय पढ्न पाउने भन्ने निर्धारण गरेको छ ।परीक्षा नियन्त्रण कार्यालयले उत्कृष्ट नतिजा ल्याउनेलाई ‘ए प्लस’ र कम ल्याउनेलाई ‘ई’ ग्रेडमा वर्गीकरण गर्छ । सोही अनुसारले कलेजले पनि भर्ना लिन्छन् ।

विशेषतः एसइई दिएका विद्यार्थी कुन गे्रड आए कुन विषय पढ्न पाइन्छ भन्नेबारे नबुझ्दा निकै समस्यामा पर्ने गरेका छन् ।सरकारले एसइईको नतिजाबाट सुरू गरिएको गे्रडिङ प्रणाली अहिले कक्षा ११ लगायत अन्य तहको नतिजा प्रकाशनमा समेत लागू गरेको छ । विद्यार्थीको परिक्षामा पाएको ग्रेडको आधारमा विषयवस्तु छनोट गर्न पाउने व्यवस्था छ । कक्षा ११ मा भर्ना पाउन अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस ल्याउनैपर्छ । विज्ञान पढ्न विज्ञान र गणितमा सी प्लस ल्याउनैपर्छ । आठ विषयमा परीक्षा दिँदा गणित, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञानबाहेकका तीन विषयमा भने जुन ग्रेड ल्याउँदा पनि हुन्छ । नेपाली, अंग्रेजी र सामाजिक अध्ययनमा डी ग्रेड ल्याए पनि विज्ञान पढ्न पाउँछन् ।

कक्षा ११ मा पढाइ हुने विज्ञान समूहअन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथ, कम्प्युटर साइन्स र एग्रिकल्चर पर्छन् । यी समूहमा भर्ना हुन विद्यार्थीले समग्र नतिजामा न्यूनतम जीपीए २ ल्याउनैपर्छ । विषयअनुसार जुन ग्रेड ल्याए पनि न्यूनतम जीपीए १।६ प्रतिशत मात्र ल्याएका विद्यार्थी भने सीपमूलक समूहमा मात्र भर्ना हुन पाउँछन् । सीपमूलक विषय समूहअन्तर्गत एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ पर्छन् । यी विषय प्राविधिक धारबाट परीक्षा दिएका विद्यार्थीका लागि हो ।

समग्र नतिजामा न्यूनतम जीपीए १।६ ल्याएका तर गणित, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञान गरी पाँच विषयमा डी प्लस ल्याएका विद्यार्थीले व्यवस्थापन तथा मानविकी विषय समूहमा भर्ना हुन पाउनेछन् । सैद्धान्तिक विषयतर्फ सी वा त्यसभन्दा तल्लो ग्रेड प्राप्त गरेका परीक्षार्थीले चाहेमा ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् । मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा पनि परीक्षार्थीले परीक्षा दिन सक्नेछन् । आज बिहीबार सार्वजनिक भएको एसईईको परीक्षा गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा देशभरका करिब ५ लाख विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया