Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा दिनुभएको भनिएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाका आजको बैठकहरु स्थगन भएका छन ।

केहीबेरका लागि भनेर स्थगित गरिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । आजको प्रतिनिधि सभाको बैठकको सुरुमै विपक्षी सांसद्हरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद् रघुजी पन्तलाई समय दिनुभएको थियो । सांसद पन्तले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिका विषयमा सदनको ध्यानकर्षण गराउनुभयो ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिसम्बन्धी विषय स्पष्ट नभएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने उहाँले बताउनुभयो । त्यसपछि सभामुख घिमिरेले बैठक अघि बढाउन सत्तापक्षका सांसदलाई समय दिएपछि विपक्षी सांसद् उठेर ‘वेल’ घेराउ गर्न थालेपछि बैठक आधा घण्टाका लागि स्थगन भएको जानकारी गराउनुभएको थियो । तर आज बैठक बस्न सकेन र भोलिको लागि सारियो । यसै विषयमा राष्ट्रियसभाको आजको पहिलो बैठक पनि स्थगन भएको र भोलिका लागि सारिएको छ ।

तपाईको प्रतिक्रिया