Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडौं – मलेसियामा गम्भीर अपराधका घटनामा दिइने अनिवार्य मृत्युदण्डको सजाय हटाउने निर्णय कार्यान्वयनमा आएको छ ।

हत्या र आतङ्कवाद जस्ता गम्भीर अपराध दोषी ठहर हुनेहरूलाई अब ४० वर्षसम्मको कारावास हुने मलेसियाका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । असाधारण घटनाहरूमा भने मृत्युदण्डको सजाय सुनाउने अधिकार न्यायाधीशहरूसँग कायमै रहने छ ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरन्याश्नलका अनुसार मलेसियामा मृत्युदण्डको सजाय सुनाइएकाहरूको सङ्ख्या झन्डै १३ सय रहेको अनुमान गरिएको छ । मलेसियामा ‘दुई लाख बढी नेपाली श्रमिक पठाउने’ योजनामा प्रगति के नेपालबाट ‘उल्लेख्य सङ्ख्या’मा कामदार लैजाने मलेसियाको सङ्केत सन् २०१८ यता भने त्यहाँ मृत्युदण्ड कार्यान्वयन गरिएको छैन ।

मलेसियामा पछिल्लो तीन दशकमा १३ सयभन्दा बढी दोषीलाई फाँसी दिइएको छ । मलेसिया नेपालीहरूको प्रमुख श्रम गन्तव्य मध्यमा पर्छ ।

तपाईको प्रतिक्रिया