Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024

काठमाडौँ – एडभेन्चर कसलाई मन पर्दैन र! गाउँमा बस्ने मानिसहरु होस् या शहरका, धेरैजसो मानिसहरु एडभेन्चरमा रमाउनकै लागि टाढा टाढासम्म पनि पुग्ने गरेका छन्। एडभेन्चरकै कारण विभिन्न स्थानहरु चर्चामा आएका पनि छन्। काठमाडौँमा पनि नयाँ एडभेन्चरको रुपमा स्काइ–वाक सुरु भएको छ। जुन कमलादीमा रहेको छ। कुल १३ रोपनीमा निर्माण भएको टावर ७८ दशमलव ५ मिटर अग्लो रहेको ‘वन्डर्स नेपाल’ कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले बताएका छन्। स्काइ–वाक टावर सुन्धारास्थित धरहराभन्दा पनि १६ मिटर अग्लो हो।

२२ तल्ला रहेको टावरमा १८ तल्लासम्म लिफ्ट चडेर जान सकिन्छ भने बाँकी तीन तल्ला सिंढीमार्फत माथि जानुपर्ने हुन्छ। टावरको २१ औँ तलामा स्काइ–वाक रहेको छ। हाल स्काइ–वाकसम्म मात्रै जान मिल्ने व्यवस्था गरिएको छ। तर, पछि त्यसभन्दा माथिको एक तल्लामा पनि जान मिल्ने पोखरेल बताउँछन्। टावरको सबैभन्दा माथिसम्म पुग्ने व्यक्तिलाई भने प्रमाणपत्रसमेत दिइने उनले बताए।

टावरमा दुई वटा लिफ्टहरु छन्। एउटा लिफ्टमा २४ जना अटाउँछन्। दुई लिफ्टमा एकपटकमा ४८ जना तलमाथि गर्न सकिन्छ। स्काइ–वाकभन्दा तलका दुई तलामा रेस्टुरेन्ट हुनेछ। यसमा एकैपटक तीन सयभन्दा बढी मानिसहरू बस्न मिल्छ। जहाँबाट काठमाडौँको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ।

सिसामा टेकेर हिँड्न पाइने यस स्काइ–वाक एड्भेन्चर पारखीहरुका लागि हब बन्ने विश्वास लिइएको छ। स्काइ-वाक टावर आन्तरिकसँगै बाह्य पर्यटकका लागि पनि आकर्षण बन्ने पोखरेलको विश्वास छ।

 

तपाईको प्रतिक्रिया