काठमाडौँ – चर्चित इ-कमर्स कम्पनी अलिबाबाका संस्थापक चिनियाँ उद्यमी तथा धनाढ्य ज्याक मा नेपाल आएका छन्। उनी बंगलादेशबाट चार्टर्ड विमानमार्फत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। ज्याक मासहित ६ जनाको टोली नेपाल भ्रमणमा आएको हो। उनी तीन दिन नेपालमा रहने बुझिएको छ।
काठमाडौंमा उनको भ्रमणको उद्देश्यबारे यकिन विवरण सार्वजनिक गरिएको छैन । ज्याक मा बिजनेस ट्रिपका लागि काठमाडौं आएको बताइकाे छ । अलिबाबाको स्वामित्व नेपाली इ-कमर्स कम्पनी दराजमा समेत छ। यही जुन २९ तारिख बिहीबार उनी काठमाडौंबाट पाकिस्तानको लाहोर जाने तालिका छ ।