काठमाडौं – रोजगारीका लागि दक्षिण कोरिया जान पाउनुपर्छ भन्दै सयौं युवाहरुले ग्वार्कोस्थित ईपीएस कोरिया शाखा कार्यालय घेरेका छन् । रोजगार अनुमति सिस्टम (ईपीएस) पास भएका युवाहरुले दक्षिण कोरिया जान नपाएको भन्दै आज आईतबार कार्यालय घेरेका हुन् ।
रोजगारको हिसाबले आकर्षण गन्तव्य बनेको दक्षिण कोरियाले हरेक वर्ष हजारौंको संख्यामा कामदार माग गर्दै आएको । सोही मागअनुसार नेपाल सरकारको र नेपालका लागि एचआरडी कोरियाको सहकार्यमा कामदारको परीक्षादेखि छनौट हुँदै आएको छ । तर, परीक्षा पास भएको वर्षौ हुँदा पनि कोरिया जान नपाएपछि युवाहरुले कार्यालय घेरेका हुन् ।
युवाहरुले आफ्नो रोजगारीको सुनिश्चित गर्नुपर्ने माग गर्दै जुलुस गरिरहेका छन् । दक्षिण कोरियाले सन् २००८ देखि नेपाली कामदारलाई रोजगारी दिँदै आएको छ । अन्य देशको तुलनामा सुरक्षा र आम्दानी पनि उच्च हुने भएकाले युवाहरुको बढ्दो आकर्षण छ ।