Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय क्रिकेटलाई निराश नहुन आग्रह गरेका छन् । जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत शनिबार नेदरल्याण्ड्सविरुद्धको निर्णायक खेलमा नेपाल ७ विकेटले पराजित भएपछि ओलीले मिहिनेतका बाबजुद पराजित भएकाले टोलीलाई निराश नहुन आग्रह गरेका हुन् । उनले हारबाट पाठ सिक्नुपर्ने भन्दै यात्रा जारी राख्नुपर्ने पनि बताएका छन् । ओलीले नेपाल फर्केपछि टोलीसँगै खाना खानेगरी भेट्ने पनि उल्लेख गरेका छन् ।

‘हिजो मैले नेपाली टिम र नेदरल्याण्ड्सबीचको खेल लाइभ हेरेँ । मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्व भयो, तैपनि हेरेँ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ । मिहिनेत जननी हो भने परिणाम शिशु । कहिलेकाहीँ मिहिनेतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ । यसबाट निराश हुनु हुँदैन,’ ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मिहिनेत कमजोर थिएन । मिहिनेतका लागि धन्यवाद नेपाली क्रिकेट टिम ! नेपाल फर्केपछि सँगसँगै खाना खानेगरी भेटौँला । एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ ।’

नेदरल्याण्ड्सँगको यो हारपछि एकदिवसीय विश्वकपमा छनोट हुने नेपालको सपना अधुरै रह्यो । समूह ‘ए’ मा रहेको नेपालले चारमध्ये तीनमा हार तथा एक खेलमा मात्र जित निकाल्न सक्यो । पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले हरा बेहोर्दै नेपालले प्रतियोगिताको सुरुवात गरेको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपाल तेस्रो खेलमा वेस्ट इण्डिजविरुद्ध १०१ रनले पराजित भयो ।

 

तपाईको प्रतिक्रिया