Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024

काठमाडौँ – फिल्म हल संचालकको छाता संस्था नेपाल चलचित्र संघले आजैदेखि देशभर हिन्दी फिल्म चलाउने निर्णय गरेको छ । उच्च अदालत पाटनको आदेशपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले विवादित फिल्म आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने निर्णय गरेको जानकारी गराएको हो । साथै नेपाल कानुनको अधिनमा रही स्वतन्त्र रुपमा व्यवसायी गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार रहेको बताउँदै संघले राष्ट्र र राष्ट्रयताभन्दा कोहीमाथि नरहने मान्यता पनि राख्ने उल्लेख गरेको छ ।

‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी’ भन्ने शब्द समावेश गरिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उक्त शब्द फिल्मबाट हटाउन तीनदिनको समय दिएका थएि । तर, नेपालमा मात्र हटाएपछि महानगरले गत सोमबारबाट प्रदर्शनमा रोक लगाएको थियो । त्यसैबीच उच्च अदालत पाटनले बिहीवार विपक्षीहरुको नाममा अल्पकालीन आदेश जारी गरेको थियो ।

 

तपाईको प्रतिक्रिया