काठमाडौं – अमेरिकी तटरक्षकहरूले टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ जाँदै गर्दा बेपत्ता भएका सबै पाँच जनाको मृत्यु भएको बताएका छन् । उनीहरू सवार पनडुब्बीको भग्नावशेष फेला परेसँगै आन्ध्र महासागरमा व्यापक रूपमा जारी उद्धार कार्य अन्त्य भएको छ ।
एकजना अमेरिकी नौसेना अधिकारीले अमेरिकी सञ्चारमाध्यमलाई आइतवार जहाज सम्पर्कविहीन भएको केही समयपछि विस्फोटसँग मिल्दोजुल्दो आवाज सुनिएको बताएका थिए । यो साताको सुरुमा पानीमुनि आवाज सुनिएको खबर आएपछि उक्त जहाजमा रहेकाहरू अझै जीवित छन् कि भन्ने आशा जागेको थियो ।
ओसन गेट कम्पनीको उक्त पन्डुब्बीले झण्डै १०० वर्षअघि डुबेको विश्वकै आलिशासन तथा लग्जरियस टाइटानिक जहाजको भग्नावेशन हेर्न अर्बपति पर्यटकलाई लिएर गएको थियो । क्यानडाको समुद्री सतहबाट समुद्रको गहिराइतर्फ प्रवेश गरेको उक्त पन्डुब्बी २ घण्टापछि नै सम्पर्कविहीन भएको थियो ।
यो पन्डुम्बीमा जम्मा ९६ घण्टालाई पुग्ने अक्सिन बोक्न सक्ने क्षमताको थियो । तर, उक्त ९६ घण्टा पनि बितिसक्दासमेत पन्डुब्बीको पत्ता नलाग्दा चिन्ता बढेको छ । सरकारी एजेन्सीहरू, अमेरिकी–क्यानडा नौसेना बल र व्यावसायिक रूपमा गहिरो समुद्रमा जाने कम्पनीहरूले यो पनडुब्बीको खोजी गरिरहेका छन्।
उक्त पनडुब्बीमा पाकिस्तानका अर्बपति व्यापारी प्रिन्स दाउद र उनका छोरा सुलेमान र बेलायती व्यापारी हमिस हार्डिङ पनि रहेका छन्। यात्रामा निस्कनु अघि हार्डिङले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए- ‘म टाइटानिकको भग्नावशेषको अभियानको हिस्सा हुँ भन्न पाउँदा गर्व लाग्छ ।’
प्रिन्स दाउदको बारेमा भनिएको छ कि उनी पाकिस्तानको सबैभन्दा धनी परिवार मध्ये एक हुन् । उनी एसईटीआई संस्थानका ट्रस्टी पनि हुन् । पनडुब्बीका पाइलटको नाम पल हेनरी हो र उनी फ्रान्सका बासिन्दा हुन् । न्यूयोर्क टाइम्सका अनुसार यो पनडुब्बीमा यात्रा गर्न पर्यटकले ३ करोड ६४ लाखभन्दा बढी शुल्क तिर्नुपर्ने हुन्छ । यो यात्रा न्यू फाउन्डल्याण्डको सेन्ट जोन्सबाट सुरु हुन्छ । टाइटानिकको भग्नावशेषसम्म पुग्न र निस्कन आठ घण्टा लाग्थ्यो ।
ओसेन्गेटको वेबसाइटका अनुसार कम्पनिका तीनवटा पनडुब्बी छन् तर टाइटानिकको भग्नावशेषसम्म पुग्न टाइटन मात्र सक्षम छ । यस पनडुब्बीको तौल १० हजार ४३२ किलोग्राम रहेको र कम्पनीको वेवसाइटका अनुसार सो पनडुब्बी १३ हजार १०० फिटको गहिराइमा पुग्न सक्छ । यो पनडुब्बीमा पाँच यात्रुका लागि ९६ घण्टा जीवन बचाउने अक्सिजन छ ।