Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – जापानको श्रमबजारमा रहेको चर्को श्रमिक अभावलाई पूर्ति गर्नका लागि ठूलो संख्यामा विदेशी कामदार भित्र्याउने रणनीतिअनुसार जापान सरकारले सन् २०१९ को अप्रिलबाट तोकुतेइ गिनोउ (SSW) भिसाको ब्यवस्था गरेको हो । तथापि अपेक्षित कामदार भित्रिन नसकेको जानकारहरुको विश्लेषण रहेको छ । पहिलो कारण, लगत्त सुरुभएको कोभिड -१९ को महामारी र अर्को लक्षित वर्ग वा समुदायमा स्पष्ट जानकारीको अभावलाई लिने गरेको पाईन्छ ।

तोकुतेइ गिनोउ भिसाको क्याटगोरीलाई एक र दुई गरी वर्गिकरण गरिएको र दुई अन्तर्गत हालसम्म सीमित क्षेत्र मात्रै समेटिएकोमा जापान सरकारले तोकुतेइ गिनोउ-२ को क्षेत्र बिस्तार गरी ११ पुर्‍याएको छ । जसअनुसार तोकुतेइ गिनोउ नं. २(特定技能द्द号)मा हालसम्म निर्माण र जहाज सम्बन्धि क्षेत्र मात्र रहेकोमा अबदेखि भवन सरसफाई, औद्योगिक उत्पादन, अटोमोबाइल मर्मत, एयरपोर्ट, होटल, कृषि, मत्स्यपालन, खाद्य बस्तु उत्पादन र रेष्टुरेन्ट उद्योगमा पनि तोकुतेइ गिनोउ नं. २ प्राप्त गर्न सकिने भएको हो । तोकुतेइ गिनोउ नं. २ भिसा प्राप्त गरेमा आफ्नो परिवारका सदस्यलाई डिपेन्डेन्टमा जापान ल्याउन पाईने र अन्य वर्किङ भिसा सरह दिर्घकालिन रुपमा जापानमा रहन पाइने सुबिधा उपलब्ध हुने बताईएको छ ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया