Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्ततर्फका वकिलको बहस सकिएको छ । अभियुक्ततर्फको बहस सकिएसँगै आजको बहसको क्रम पनि सकिएको छ ।

बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजाल तथा ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जनको पक्षमा वकिलहरुले बहस गरेका थिए । उनीहरु तीन जनाको पक्षमा प्रतिरक्षा बहस सकिएसँगै अब शुक्रबार बिहानदेखि २ बजेसम्म सरकारी वकिलहरुले जवाफी बहस गर्ने भएका छन् । भोलि सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्दै अभियुक्त तर्फका वकिलले उठाएको कानुनी प्रश्नको जवाफ दिने बताइएको छ ।

जवाफी बहस जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले गर्ने बताइएको छ । शुक्रबार दुई बजेसम्म जवाफी बहस गर्न दिएर भोलि नै अभियुक्तहरूलाई थुनामा पठाउने / नपठाउने आदेश हुने आँकलन गरिएको छ । यो प्रकरणमा हालसम्म १८ जना अभियुक्तहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले यो प्रकरणमा दुईजना भीआईपी नेताहरुसहित ३० जनाविरुद्ध विभिन्न शीर्षकमा मुद्दा अघि बढाएको थियो ।

तपाईको प्रतिक्रिया