Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

टोकियो – दोस्रो रारा गोल्डकप फुटसल २०२३ को उपाधि काभ्रेली समाज जापानले जितेको छ । कर्णाली प्रदेश समाज जापानले आइतबार टोकियोस्थित को-ईभर फुटसल मैदानमा आयोजना गरेको प्रतियोगितामा काभ्रेली समाज जापान च्याम्पियन बनेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रतियोगिताको जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि थिए । राजदूत सुवेदी र कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

च्याम्पियन बनेको काभ्रेली समाजले ५ लाख ५ हजार ५५५ हात पारेको छ । उपविजेता शिजोउका युनाईटेडले कपसहित २ लाख २२ हजार २२२ पुरस्कार पायो । उत्कृष्ट पाँच विद्यामा फियरप्ले टिम तामाङ यूथ एफसी, उत्कृष्ट डिफेन्स काभ्रेली समाजका लिल गुरुङ, टप स्कोरर सिजुओकाका आसिक गुरुङ, उत्कृष्ट किपर सिजोउकाका चन्द्र केसी र उत्कृष्ट प्लेयर गोर्खे क्लबका आदर्श लिम्बु घोषित भए ।

स्थानीय समय बेलुका ८ बजे समापन समारोहमा समाजसेवी तथा शिवहरि पौडेल पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा एन्फा जापान अध्यक्ष शिव खड्का, पूर्व राष्ट्रिय फुटबल खेलाडी हरि ठकुरी, कर्णाली प्रदेश समाज जापानका सल्लाहकार वसन्त घर्तीमगर समाजका वरिष्ठ उपाध्यक्ष भीम न्यौपाने उपाध्यक्ष तथा कार्यक्रम संयोजक वीरेन्द्र शाही, उपाध्यक्ष खीम शाह, जीवन शाही, माधव थापा, महासचिव हिमप्रकाश थापा, कोषाध्यक्ष महेन्द्र केसीलगायतको उपस्थिति थियो ।

समापन कार्यक्रममा कर्णाली प्रदेश समाजका अध्यक्ष शाहीले हाम्रो निम्तोलाई स्वीकार गरी सहभागिता जनाउने खेलाडी, क्लब, अफिसियल, दाता सरोकारवालालगायत कर्णाली प्रदेश समाज केन्द्रीय समितिलाई धन्यवाद व्यक्त गर्दै समापन गरेका हुन् ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा रहेका विश्वकै सुन्दर रारा ताल से फोक्सुन्डो ताल, पाचल झरना लगायतका प्राकृतिक सम्पदाहरूको यथोचित प्रचार प्रसार गरी कर्णाली प्रदेशलगायत सिङ्गो राष्ट्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता गरिएको हो ।

तपाईको प्रतिक्रिया