Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २९, २०८१
Thursday, November 14, 2024

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १६.५४ अंकले बढेरर १८६६.३४ बिन्दुमा कायम भएको छ । बुधबार ३८ अंकले घटेको बजारमा आज ६१ लाख २८ हजार ६२१ कित्ता सेयरको खरिदबिक्री हुँदा १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँको बारोबार भएको छ । अघिल्लो कारोबारको तुलनामा आज कारोबार सेयर कित्ता र रकम दुबै घटेका छन ।

कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा जोशी हाईड्रोपावर डेभल्पमेनट कम्पनी, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, एसीययन हाईड्रोपावर र पाँचथर पावर कम्पनी रहेका छन् । भने सर्वाधिक गुमाउनेमा सनराईज् फोकस्ड ईक्यूटी फण्ड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, माईखोला हाईड्रोपावर र नबील ब्यालेनस्ड फण्ड २ रहेका छन् ।उपसमूहतर्फ भने १३ वटै समूहको शेयर मूल्य बढेको छ ।

तपाईको प्रतिक्रिया