Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा अवराेध गरेको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरीको सट्टा पित्तल लगाएको भनेको विषयमा एमालेले अवरोध गरेको हो ।

‘एमाले नेतृत्वकाे सरकारले पशुपतिनाथमा सुनकाे साटाे पित्तल लगाएकाे भने आराेप लगाइएकाे छ । याे आरोप कसरी आएको छ । प्रमाण तथ्यबेगर स्वीकार्य हुँदैन । यदि पशुपतिनाथको जलहरी सुन होइन पित्तल हो भने यो सरकारले जवाफ दिनुपर्छ । जवाफ नआएसम्म सदन अगाडि बढ्न सक्ने छैन । माफि माग्नुपर्छ र रेकर्डबाट हटाउनु पर्छ,’ एमालेका प्रमुख सचेतक पदम गिरीले भने ।

यो पनि पढ्नुहोस् : एमालेको अवरोधपछि संसद बैठक २० मिनेटका लागि रोकियो

 

तपाईको प्रतिक्रिया