Deneme Bonusu Veren Siteler
सोमबार, आषाढ ३१, २०८१
Monday, July 15, 2024

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सत्तापक्षका सांसदले विपक्षी दलका नेता केपी शर्मा ओलीमाथि आरोप लगाएको भन्दै एमाले सांसदले विरोध जनाएपछि संसद् अबरुद्ध भएको हो । एमालेको विरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक २० मिनेटका लागि स्थगित गरेका छन् । नयाँ संसदको कार्यकाल शुरू भएको ५ महिना प्रतिपक्षी दलको विरोधपछि संसद् अबरुद्ध भएको यो पहिलो घटना हो ।

संसद्मा बोल्ने क्रममा माओवादी सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिको जलहरी राख्ने क्रममा सुन भनेर पित्तल राखेको बताएका थिए । सो विषयमा सरकारको जवाफ माग गर्दै एमालेले संसद् अवरुद्ध पारेको हो । प्रतिपक्षमाथि सत्तापक्षबाट नियोजित ढंगले आक्रमण भएको एमालेको आरोप छ ।

यो पनि पढ्नुहोस् : सत्तापक्षका सांसद्ले तथ्यहिन आरोप लगाएको भन्दै एमालेले गर्यो सदन अवरोध

 

तपाईको प्रतिक्रिया