Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक २४, २०८१
Saturday, November 9, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम ‘रोम जलिरहेको र निरो बाँसुरी बजाइरहेको’ जस्तो रहेको टिप्पणी गरेका छन्। देश संकटमा रहेको र त्यसलाई लुकाउन खोजिएको ओलीले उल्लेख गरे।

उनले भने, ‘देश असामान्य अवस्थामा रहेको सरकारले लुकाउन खोजेको छ। यति मात्रै होइन, देश जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ।’ नीति तथा कार्यक्रमबाट सरकारले जनतालाई झुक्याउन खोजेको ओलीले आरोप लगाए।

उनले पहिलोपटक देशमा सरकार बनेजस्तो गरी नीति तथा कार्यक्रम प्रस्तुत भएको समेत उल्लेख गरे। उनले थपे, ‘राज्य शून्यबाट सुरु भएको भान दिएको छ। राज्य अविछिन्न हुन्छ। गुणदोषको सिलसिला हुन्छ। त्यो टुटेको छ। राज्यको आधारभूत मान्यतालाई स्वीकार गर्न सकेको छैन।’

उनले अल्पविकसितबाट स्तरोन्नति भए पनि विकसित अवस्थाका चुनौती सामाना गर्ने कार्यक्रम नसमेटिएको बताए। ओलीको टिप्पणी छ, ‘सरकारको नीति शून्य नीति देखिएको छ।’

 

तपाईको प्रतिक्रिया