Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक २४, २०८१
Saturday, November 9, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – जनकपुरधाम विमानस्थलबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा मुसा भेटिएपछि उडान स्थगित गरिएको छ । आज बिहान ४९ यात्रु बोकेर बुद्ध एयरको विमान काठमाडौं उड्न लागेकै बेला मुसा भेटियो। विमानमा यात्रुले मुसा देखेपछि विमान होल्ड गरिएको बुद्ध एयरका कर्मचारी सन्दीप लामाले जानकारी दिए ।

उनका अनुसार प्राविधिक जाँचका लागि केही बेर विमान होल्ड गरिएको छ । अब उडान परीक्षणपछि मात्र हुनेछ । विमान होल्डपछि यात्रुहरु अलपत्र परेका छन् ।

 

तपाईको प्रतिक्रिया