Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक २४, २०८१
Saturday, November 9, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की शुक्रबार साउदी अरेबिया पुगेका छन् । यहाँ उनले अरब लिगको शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले रुस-युक्रेन युद्धको बीचमा आफ्नो देशको समर्थन खोजेका थिए ।

उनले भने- युक्रेनबाट आँखा फर्काएर युक्रेनको अवस्था देख्न नसक्नेहरूलाई म भन्न चाहन्छु कि एकपटक इमान्दारीपूर्वक युद्धको अवस्था बुझ्नुहोस् । हामी शान्ति र न्याय चाहन्छौं । हामीसँग हाम्रो शत्रु जति मिसाइलहरू छैनन् । इरानले रुसलाई युद्धमा ड्रोन पठाइरहेको छ । हामीसँग धेरै हतियार पनि छैन । तर हामी दृढ छौं किनभने सत्य हाम्रो पक्षमा छ ।’

सोही क्रममा साउदी अरेबिया र युक्रेनबीचको द्विपक्षीय सम्बन्धका बारेमा जेलेन्स्कीले भने- ‘साउदी हाम्रा लागि महत्वपूर्ण छ, हामी पारस्परिक सहयोगलाई नयाँ उचाइमा लैजान तयार छौं ।’

 

तपाईको प्रतिक्रिया